इटहरीको समता स्कुलमा विद्यार्थीबीच गायन प्रतियोगिता

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ९, शनिबार १६:५१

इटहरी । सुनसरीको इटहरी–हलगडास्थित समता स्कुलले आफ्नो १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। समता पूर्वी कन्सोर्टियमको आयोजनामा सोही अवसरमा छैटौँ अन्तर–समता गायन तथा नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ।

इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेशकुमार साहको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा समता स्कुल इलामका संरक्षक एवं वरिष्ठ कवि बिमल वैद्य, पोखराका संयोजक उमेश रेग्मीसहित विभिन्न विद्यालयका प्रिन्सिपल र समाजसेवीहरूको उपस्थिति थियो। आयोजकका अनुसार कार्यक्रममा ४ सयभन्दा बढी अभिभावकसहित करिब १ हजार २ सय जनाको सहभागिता रहेको थियो।

Advertisement

वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई १४ विभिन्न विधामा पुरस्कृत गरेको छ। जसमा पर्वती पुरी ‘उत्कृष्ट अभिभावक’, कक्षा ९ की मनिता राई ‘स्टुडेन्ट अफ द इयर’ र सरोज कार्की ‘कम्युनिटी च्वाइस’ शिक्षकका रूपमा सम्मानित भए। १० वर्षभन्दा बढी समयदेखि कार्यरत शिक्षकहरू र संस्थापक सदस्यहरू देवेन्द्र पौडेल तथा कमल सिङ्तानलाई पनि विशेष सम्मान गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन र कलाका साथै विज्ञान प्रदर्शनी समेत प्रस्तुत गरेका थिए। पूर्वी कन्सोर्टियमअन्तर्गत इलाम, झापा, लहान, विराटनगर र इटहरीका ५३ जना प्रतियोगीबीच भएको गायन तथा नृत्य प्रतिस्पर्धामा इटहरीका प्रतियोगीहरू प्रथम र इलामका प्रतियोगीहरू द्वितीय भए। एकल नृत्यतर्फ दमककी प्रतिभा फुयालले तृतीय स्थान हासिल गरिन्।

यसैगरी पहिलो पटक आयोजना गरिएको उद्घोषण प्रतियोगिता ‘माइक मास्टर – सिजन १’ मा इटहरीकी मेलिना फुयाल प्रथम भइन्। गायनतर्फ दिपेन्द्र राई, नृत्यमा मनोज खड्का र उद्घोषणमा विशाल आले मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए। समता पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता अन्तरजिल्ला प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै समता स्कुलले समाजमा उदाहरणीय काम गरिरहेको भन्दै अतिथिहरूले विद्यालयको प्रशंसा गरेका थिए।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×