
राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरी ३२ हजार ८७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
रास्वपाका चौधरीको यो जितसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको संसद् यात्रामा पूर्णविराम लागेको छ । अध्यक्ष यादवले १५ हजार २३९ मत मात्र प्राप्त गरे । यस क्षेत्रमा अनुभवी नेताहरूलाई पछि पार्दै नयाँ शक्तिका रूपमा आएका चौधरीले मतदाताको उल्लेख्य साथ पाएका हुन् ।
त्यसैगरी, चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरे । नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत ल्याउँदा जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्मा २ हजार ६८९ मतमा सीमित भए । मधेशको राजनीतिमा प्रभावशाली मानिने नेताहरूलाई पराजित गर्दै रास्वपाले सप्तरीमा आफ्नो दरिलो उपस्थिति देखाएको छ ।
























