
सिराहा । सिराहा क्षेत्र नम्बर तीनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव भारी मतान्तरले निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम मत परिणाम अनुसार ३२ हजार २४९ मत प्राप्त गर्दै यादव विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरे । यस्तै नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ र नेपाली कांग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८७९ मत प्राप्त गरेको सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिए । कुल १ लाख १९ हजार २५० मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ४३० मत खसेको थियो । यस क्षेत्रमा १२ दल र स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दिएका थिए ।
यो जितसँगै सिराहामा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् । मधेशको राजनीतिमा पुराना शक्तिहरूलाई पछि पार्दै नयाँ दलले सिराहामा पूर्ण वर्चस्व कायम गरेको छ ।
























