समानुपातिकतर्फ पनि रास्वपाको दबदबा, गणना भएकोमध्ये आधाभन्दा बढी प्राप्त

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १०:५४

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सानदार नतिजा निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि आफ्नो बलियो वर्चस्व कायम गरेको छ । प्रत्यक्षतर्फ १०८ स्थानमा जित हासिल गरिसकेको रास्वपाले समानुपातिक मतगणनामा हालसम्म कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म २७ लाख ६१ हजार १५९ मत गणना सम्पन्न भएको छ । जसमा रास्वपाले १३ लाख ८८ हजार ४२१ मत पाएको छ । यो सङ्ख्या गणना भएको कुल मतको आधाभन्दा धेरै हो । रास्वपाको यो अग्रताले समानुपातिक निर्वाचन प्रणालीबाट पनि सो पार्टीले उल्लेख्य सिट प्राप्त गर्ने निश्चित देखिएको छ ।

समानुपातिकतर्फको प्रतिस्पर्धामा नेपाली कांग्रेस ४ लाख ७१ हजार ३५५ मतका साथ दोस्रो स्थानमा रहेको छ । नेकपा एमाले ३ लाख ८० हजार ९३२ मतसहित तेस्रो स्थानमा छ भने नेपाली कम्युनिस्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरी चौथो स्थान ओगटेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख एक हजार २२४ मत पाएको छ ।

अन्य दलहरूमध्ये श्रम संस्कृति पार्टीले ५६ हजार ६०३, राष्ट्रिय परिवर्तन पार्टीले ३६ हजार ४८८, जसपा नेपालले २४ हजार २४२ र जनमत पार्टीले १३ हजार १७८ मत प्राप्त गरेका छन् । देशभरका विभिन्न गणना केन्द्रहरूमा समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले रास्वपाको मत सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.