मुद्दा किनारा नलागेसम्म लामिछानेको संसदीय यात्रा अन्योलमा

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १२:२७

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट भारी मतका साथ निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संसदीय भूमिका तत्कालका लागि अन्योलमा परेको छ । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग विचाराधीन रहेका कारण उनी निर्वाचित भएर पनि निलम्बनको अवस्थामा बस्नुपर्ने देखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार लामिछानेमाथि फौजदारी कसुर अन्तर्गत सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा अदालतमा दर्ता भएकाले अन्तिम किनारा नलागेसम्म उनले सांसदका रूपमा शपथ लिन समेत मिल्दैन । अदालतबाट निर्दोष ठहर भएमा मात्र उनको सांसद पद कायम हुने र उनले संसदीय जिम्मेवारी सम्हाल्न पाउने कानुनी प्रावधान छ ।

यसअघि लामिछानेमाथि कास्कीको स्वर्णलक्ष्मी सहकारी ठगीसहितका गम्भीर मुद्दा दर्ता भएपछि तत्कालीन सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरिएको सूचना प्रकाशन गरेका थिए । सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ ले कुनै पनि राष्ट्रसेवक वा पदाधिकारीमाथि मुद्दा दायर भएमा फैसला नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धका मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको तर्क गर्दै गरिएको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठी र अन्य कानुन व्यवसायीहरूले दायर गरेको उक्त रिटमा सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ मागिसकेको छ ।

अब लामिछानेको संसद् प्रवेश जिल्ला अदालतहरूको निर्णयमा निर्भर रहनेछ । यदि कास्की र रूपन्देही जिल्ला अदालतले अभियोग संशोधन गर्न अनुमति दिएमा उनलाई बाटो खुल्नेछ । तर, अदालतले संशोधन अस्वीकार गरेमा वा थप प्रमाणको अभावमा दाबी कमजोर नदेखेमा मुद्दाको अन्तिम फैसला नआउन्जेल लामिछानेले संसद्मा प्रतिनिधित्व गर्न पाउने छैनन् । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ को व्याख्या र कार्यान्वयन यस प्रकरणमा निर्णायक हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.