सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की विजयी

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १५:१८

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की भारी मतान्तरसहित विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरी जित सुनिश्चित गरेका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत पाएका छन् । कार्की र राईबीचको मतान्तर ३ हजार ७५२ रहेको छ । त्यस्तै, नेकपा (एमाले) की उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।

निर्वाचनमा अन्य दलका उम्मेदवारहरूको उपस्थिति भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन राईले ३ हजार ६४२ मत र श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।

यसैगरी उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज एफ भट्टराईले ४२ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.