भोजपुरमा एमाले सचिव शेरधन राई पराजित

Share this
830shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १५:३२
ध्रुवराज राई र शेरधन राई ।

भोजपुर। भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन् । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पार्टी सचिव शेरधन राईलाई पराजित गर्दै ध्रुवराजले ऐतिहासिक जित दर्ता गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे ।

शेरधन र ध्रुवराजबीच १ हजार ९१३ को मतान्तर रहेको छ । पूर्व मुख्यमन्त्री समेत रहेका शेरधनको यो पराजयलाई भोजपुरको राजनीतिमा ठूलो हेरफेरको रूपमा हेरिएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापा ८ हजार ६७० मतसहित तेस्रो स्थानमा रहे । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अजम्बर काङमाङले ५ हजार ६२८ मतमा चित्त बुझाए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.