धरानको मेयरदेखि संसद्को यात्रासम्म हर्क साम्पाङ: विद्रोही शैली र ‘हर्कवाद’ अब सदनमा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १८:०६

सुनसरी । जेनजी विद्रोहपछि मुलुकको राजनीतिमा एउटा फरक धारको नेतृत्व गरिरहेका हर्कराज राई (साम्पाङ) सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । धरान उपमहानगरपालिकाको मेयरका रूपमा जनश्रमदानमार्फत कोकाहाको पानी खुवाएर चर्चा कमाएका साम्पाङले यसपटक आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टीबाट ३५ हजार ७४१ मतसहित संसद्को यात्रा तय गरेका हुन् ।

साम्पाङ एक्लै मात्र नभई उनको पार्टीका अन्य दुई उम्मेदवार ध्रुवराज राई (भोजपुर) र आरेन राई (खोटाङ) ले पनि जित हासिल गरिसकेका छन् । ४३ वर्षीय साम्पाङले आफ्नो चुनावी घोषणापत्रमा ‘प्रकृति-संस्कृति-प्रविधि’ लाई समेटेर ‘हर्कवाद’ दर्शनको व्याख्या गरेका छन् ।

सन् २००७ मा साङ्गीतिक क्षेत्रमा लागेका र पछि वैदेशिक रोजगारीका लागि इराक र अफगानिस्तान पुगेका साम्पाङ नेपाल फर्किएपछि समाजका बेथितिविरुद्ध एक्लै सडक आन्दोलनमा उत्रिएका थिए । त्यही विद्रोही स्वभाव र जिद्दीपनले उनलाई पहिले मेयर र अहिले सांसदको कुर्सीमा पुर्‍याएको छ ।

संसद् छिर्दै गर्दा साम्पाङको तारोमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू देखिएका छन् । उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको खुला आलोचना गर्दै आएका छन् । आइतबार मात्रै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको नेतृत्व रविले गर्दा राम्रो, नबोल्ने मान्छेले सदनमा जनताको प्रश्नको उत्तर दिन सक्दैन ।’ बालेन शाहतर्फ लक्षित उनको यो टिप्पणीका बाबजुद बालेनले भने साम्पाङको स्टाटसमा ‘तपाईँ र धरानलाई सधैँ माया रहन्छ’ भन्दै हार्दिकतापूर्ण प्रतिक्रिया दिएका छन् ।

दुई तिहाइको मतसहित रास्वपा सत्तामा जाने तयारीमा रहँदा सानै दलको नेतृत्व गरेर संसद् पुगेका साम्पाङको विद्रोही शैलीले कस्तो हलचल ल्याउला भन्ने धेरैको चासोको विषय बनेको छ । विशेषगरी बालेन शाहको नेतृत्वमा बन्ने भनिएको सरकारप्रति साम्पाङको सदनभित्रको भूमिका निकै रोचक हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.