
काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व देखिएको छ। निर्वाचन आयोगका अनुसार १६५ मध्ये १६१ क्षेत्रको नतिजा आउँदा रास्वपाले ऐतिहासिक १२४ सिटमा जित दर्ता गरेको छ।
पछिल्लो विवरणअनुसार नेपाली कांग्रेस १७ र नेकपा एमाले ८ सिटमा खुम्चिएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३ तथा राप्रपा र स्वतन्त्रले एक–एक सिट जितेका छन्। अब गणना बाँकी रहेका चार क्षेत्रमध्ये रास्वपा, कांग्रेस र एमालेले एक–एक स्थानमा अग्रता लिइरहेका छन् भने धनुषा १ मा उम्मेदवारी खारेजीसम्बन्धी कानुनी विवादका कारण परिणाम रोकिएको छ।
यसपटकको निर्वाचनमा मतान्तरको रोचक तथ्याङ्क बाहिर आएको छ। झापा ५ मा रास्वपाका बालेन्द्र शाहले ४९ हजारभन्दा बढी (५६.९७ प्रतिशत) को विशाल मतान्तरले जितेका छन् भने झापा २ मा इन्दिरा राणा मगर ४८ हजारभन्दा बढी (६८.१९ प्रतिशत) मतान्तरले विजयी भएकी छन्।
तर, केही क्षेत्रमा भने हारजितको अन्तर अत्यन्तै न्यून देखिएको छ। सबैभन्दा कम मतान्तर ओखलढुङ्गा १ मा देखिएको छ, जहाँ रास्वपाका विश्वराज पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई मात्र ५ मतले पराजित गरे।
कम मतान्तरले हारजित भएका प्रमुख १५ क्षेत्रहरू :
























