निर्वाचनमा एमालेको नीति र नेतृत्व अस्वीकृत : भट्टराई

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १४:०७

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् । फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् ।

‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले लेखेका छन्, ‘हामीले आफूभित्र सर्वाङ्‍गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनुपर्दछ ।’

२३ र २४ भदौ पछि पार्टीले लिएको नीतिप्रति असहमति जनाएर पार्टी बैठक र महाधिवेशनमा राखे पनि अस्वीकृत भएको सम्झदै भट्टराईले उक्त बहस पुन: खुला गर्नुपर्ने उल्लेख गरेका छन् । नीति र नेतृत्वबारे बहस गरेर जाँदा एमाले फेरि उठ्ने उनले विश्वास समेत गरेका छन् ।

‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्नेछौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउनेछौ,’ उनले लेखेका छन्, ‘संयम र धैर्यताका साथ पार्टी पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभस्सर्ना होइन, आत्मसमीक्षाको बाटोमा हिड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।’

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.