सूचनाको अधिकार प्रोत्साहन पुरस्कारका लागि आवेदन आह्वान

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार ०८:३०

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले ‘षष्ठिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०८२’ का लागि आवेदन आह्वान गरेको छ ।

महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कारका लागि सम्भावित प्रतिभाको विवरण माग गर्दै सोमबार सूचना प्रकाशित गरिएको हो । पुरस्कारको राशि २५ हजार २५ रुपैयाँ रहेको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।

अधिकारीका अनुसार यो पुरस्कार सूचनाको हक प्रचलनमा ल्याउनका लागि उल्लेखनीय योगदान पुर्याइरहेका कोशी प्रदेशअन्तर्गतका पत्रकार तथा सूचनाको हकका अभियन्तामध्येबाट छनोट गरेर एक जनालाई प्रदान गरिने छ । सूचनाको हकको प्रवर्धन तथा पारदर्शिता अभिवृद्धिमा योगदान पुर्याउनेहरुले आवश्यक कागजात र सूचनाको हकको क्षेत्रमा काम गरेको प्रमाणसहित पुरस्कारका लागि दाबी गर्न सक्ने छन् ।

पुरस्कारका लागि इच्छुक व्यक्ति वा संस्थाले आफूले सूचनाको हकको क्षेत्रमा गरेका कार्यहरूको विवरण, बायोडाटा तथा प्रगति विवरणसहित आवेदन पेस गर्नुपर्ने सचिव अधिकारीले बताए । आवेदन नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यालयमा बुझाउन वा इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।

महासंघले आवेदन पठाउनका लागि [email protected] इमेल ठेगाना उपलब्ध गराएको छ । आवेदन पेस गर्ने अन्तिम समय आगामी चैत ७ गतेसम्म छ । त्यसपछि पुरस्कार छनोट समितिले आवश्यक निर्णय लिनेछ ।

सूचनाको हकको प्रयोग र प्रवर्धनमा सक्रिय रहेकालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक वर्ष महासंघको स्थापना दिवसका अवसरमा प्रदान गरिन्छ । यसअघि यो पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको थियो ।

१ लाख १ सय रूपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ भने मुलुकी खबर अनलाइनका सम्पादक किशोर बुढाथोकीलाई प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र षष्ठिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पालैपालो वितरण गर्ने गरेको छ ।

यस वर्ष सूचनाको अधिकार प्रोत्साहन पुरस्कार र अर्को वर्ष सूचनाको अधिकार पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ । प्रोत्साहन पुरस्कारको राशि २५ हजार २५ र अर्कोको राशि १ लाख सय रूपैयाँ छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.