रवि लामिछाने विरुद्धको रिटमा सुनुवाइ हुँदै

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार ११:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामिछानेमाथि लागेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध परेको रिटमा पेसी तोकिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुनेछ । महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू संशोधन (हटाउन) गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।

महान्यायाधिवक्ताको उक्त ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर मुद्दा हटाउने उल्लेख थियो । सो निर्णय कानुन विपरीत भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ताको निर्देशन पछि कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोग पत्र संशोधनका लागि निवेदन पेस गरिए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले त्यहाँको प्रक्रिया अघि बढेको छैन । यता, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने अभियोग पत्र संशोधनका लागि हालसम्म जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।

आजको सुनुवाइले महान्यायाधिवक्ताको निर्णय कार्यान्वयन हुने वा नहुने भन्नेबारे महत्त्वपूर्ण मार्गप्रशस्त गर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.