रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आइतबारदेखि सुनुवाइ

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १४:५५

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवाइ सुरु गर्ने आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।

सुनुवाइ सुरु भएको दुई–तीन दिनभित्रै सर्वोच्चले यसबारे आफ्नो आदेश सुनाउने सम्भावना छ। महान्यायाधिवक्ता सविना भण्डारी बरालले लामिछानेविरुद्ध पेस भएको आरोपपत्र संशोधन गर्न र त्यसक्रममा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन्।

महान्यायाधिवक्ताको उक्त निर्णय कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहितको टोली र युवराज पौडेलले ती निवेदन दर्ता गरेका हुन्।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.