समानुपातिकमा खुम्चिए कांग्रेस र एमाले

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १६:०६

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना बुधबार सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फका सबै क्षेत्रको गणना सकिएको जानकारी दिए ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् ।

समानुपातिकतर्फ पनि रास्वपा ५१ लाख ५७ हजार १३० मतका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ र तेस्रो स्थानको नेकपा एमालेले १४ लाख ५२ हजार ७५८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएका छन् ।

विगतको तुलनामा प्रमुख दलहरूको जनमत उल्लेख्य रूपमा घटेको देखिएको छ । २०७९ को निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत पाएको नेकपा एमाले यसपटक १४ लाख ५२ हजार ७५८ मतमा सीमित भएको छ । यो अघिल्लो निर्वाचनको तुलनामा १३ लाख ९२ हजार ८८३ ले कम हो । त्यस्तै, नेपाली कांग्रेसको मत पनि ९ लाख ६० हजार ५३० ले घटेर १७ लाख ५४ हजार ६९५ मा झरेको छ ।

समानुपातिकतर्फ प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्दा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट पाउने देखिएको छ ।

अबको संसदमा कूल २७५ सदस्यमध्ये रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र १ जना स्वतन्त्र सांसद रहनेछन् । अघिल्लो निर्वाचनमा जम्मा २१ सिट जितेको रास्वपा यसपटक स्पष्ट बहुमतसहित ठुलो दल बनेको छ ।

यस निर्वाचनमा जनमत, जसपा, लोसपा, नाउपा, नेमकिपा र जनमोर्चाले राष्ट्रिय पार्टीको हैसियत गुमाएका छन् । अर्कोतर्फ, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी नयाँ शक्तिका रूपमा उदाएको छ । निर्वाचनमा कूल ६७ वटा राजनीतिक दल सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.