इनिसा विक हत्या प्रकरण: दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १४:५९

काठमाडौं । इनिसा विक हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतका संस्थाहरूले बिहीबार माइतीघर मण्डलामा भेला भएर दबाबमूलक प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकका हत्यारालाई कारबाही गर’, ‘बालबालिकामाथि हुने हिंसा अन्त्य गर’, र ‘बलात्कारी जन्माउने व्यवस्था ध्वस्त पारौँ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले पितृसत्तात्मक सोचका विरुद्ध नाराबाजी गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरे।

आन्दोलनकारीहरूले सबै प्रकारका बलात्कारका घटनाहरूको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि एक उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत अघि सारेका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा मृत फेला परेकी विकको घटनाले देशभर आक्रोश पैदा गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ। यस घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरू पक्राउ परेका छन् र उनीहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताए।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.