बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता थापाको निधन

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १५:५४

कास्की । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा एक्कासि ढलेका थापालाई हृदयघात भएको बताइएको छ ।

बैठकस्थलमै अचेत भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । अहिले उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।

थापा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा चर्चामा रहेका थिए । पार्टीले उनलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि स्थानीय स्तरमा विरोध भएपछि अन्तिम समयमा उनको टिकट खोसिएको थियो ।

उनको स्थानमा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो ।

 

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.