‘नेपालसँगको सम्बन्ध अद्वितीय र बहुआयामिक’

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १९:१५

काठमाडौं । भारतीय विदेश मन्त्रालयले भारत र नेपालबीच अद्वितीय र बहुआयामिक साझेदारी रहँदै आएको उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भारत र नेपालबीचको साझेदारीले आगामी दिनमा पनि गतिशीलता पाउने बताए । ‘यहाँहरूलाई थाहा नै छ, भारत र नेपालबीच एक अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको छ । आगामी दिन तथा वर्षहरूमा यो गतिशीलता अझ सुदृढ र प्रगाढ हुँदै जाने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।

प्रवक्ता जयसवालले भारत सरकारले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने बताए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेको बताउँदै भारत साझा शान्ति, प्रगति र समृद्धि चाहेको बताए ।

‘नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात हामीले त्यसको स्वागत गरेका छौं । हाम्रा प्रधानमन्त्रीज्यूले पनि टेलिफोन संवादमार्फत रास्वपाले हासिल गरेको शानदार सफलताका लागि बधाई दिनु भएको छ । प्रधानमन्त्रीज्यूले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.