केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार ०६:४८

काठमाडौं । देशभर मौसममा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रका कारण मौसममा बदलीको अवस्था छ ।

आज (शुक्रबार) कोशी प्रदेशसहित पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने सम्भावना रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ । शुक्रबार राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र कतिपय स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।

हिमपात र वर्षा हुने सम्भावना रहेका क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.