३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त, उपनिर्वाचनबारे अन्योल

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १२:४२

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न स्थानीय तह र प्रदेश सभा सदस्यबाट राजीनामा दिएका कारण देशभर ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ। रिक्त भएका यी पदहरूमा उपनिर्वाचन हुने वा नहुने भन्ने विषयमा अझै ठोस निर्णय हुन सकेको छैन।

स्थानीय तह निर्वाचन ऐनअनुसार एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएमा उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। २०७९ वैशाखमा स्थानीय र मंसिरमा प्रदेश सभाको निर्वाचन भएकाले दुवै तहको कार्यकाल अझै एक वर्षभन्दा बढी बाँकी छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उपनिर्वाचनबारे सरकार र आयोगबीचको सल्लाह बमोजिम निर्णय हुनेछ। चैत महिनाभित्र मिति घोषणा भएमा निर्वाचन गराउन सहज हुने तर बाँकी अवधि छोटो भएकाले यसबारे अन्योल कायमै रहेको उनले बताए।

हाल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि महानगरको प्रमुख पद रिक्त छ। त्यस्तै, धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिकाका प्रमुखको पद पनि खाली भएको छ। यसका साथै धुलिखेल, रङ्गेली, सूर्योदय र टीकापुर नगरपालिका तथा थुलुङ दूधकोशी, लिम्चुङबुङ र कालीगण्डकी गाउँपालिकाका पदाधिकारी एवं कतिपय वडा अध्यक्षहरूको पद पनि रिक्त छ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा स्थानीय तहबाट १७ र प्रदेश सभाबाट १३ जनाले राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए। तीमध्ये स्थानीय तहका १४ र प्रदेश सभाका ८ जनाले चुनाव हारेका छन्। निर्वाचन आयोगका अनुसार अब बन्ने नयाँ सरकारसँगको छलफलपछि मात्र उपनिर्वाचनको भविष्य तय हुनेछ। चैतको दोस्रो सातासम्म नयाँ सरकार गठन भइसक्ने र त्यसपछि मात्रै यस विषयमा ठोस निर्णय आउने आयोगले जनाएको छ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.