धनकुटाको साँगुरीगढीका वडाध्यक्षको निधन

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १५:४०

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारको ेक्रममा निधन भएको छ ।

लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित रहेका ५५ वर्षीय लिम्बू केही समयदेखि भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचाररत थिए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए ।

स्थानीय विकास, सेवा प्रवाह र समुदायका समस्याहरू समाधानमा उनी सधैं अग्रसर रहन्थे । गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार लिम्बूको निधनको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

अन्त्येष्टिका लागि लिम्बूको पार्थिव शरीर जन्मस्थल धनकुटाको खुवाफोकमा ल्याइने तयारी भइरहेको अध्यक्ष राईले बताए । लिम्बूको योगदान र सक्रियताले स्थानीय समुदायमा गहिरो छाप छाडेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.