रास्वपाका साहको उम्मेदवारी खारेजी विरुद्धको रिटमा आज सुनुवाइ

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार ११:२८

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको हो।

साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरी परेपछि निर्वाचन आयोगले निर्वाचनको दुई दिनअघि मात्रै उनको उम्मेदवारी खारेज गरेको थियो। किशोरी कन्स्ट्रक्सनका साहलाई कर्जा सूचना केन्द्रले २०७९ असोज र २०८० पुसमा कालोसूचीमा राखेको पाइएपछि आयोगले सो निर्णय गरेको थियो। यसअघि सर्वोच्चले आयोगसँग उम्मेदवारी खारेज गर्नुको कारण माग गर्दै आदेश दिएको थियो।

धनुषा क्षेत्र नम्बर १ मा एमालेका रामचन्द्र मण्डल, कांग्रेसका राम पलटन साह र नेकपाका मातृका प्रसाद यादव उम्मेदवार थिए। यस क्षेत्रबाट निर्वाचन आयोगले नेकपाका मातृका यादवलाई विजयी घोषणा गरिसकेको छ। उम्मेदवारी खारेजी र निर्वाचन परिणामको विवादबीच आज हुन लागेको सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.