रास्वपाद्वारा ५७ समानुपातिक सांसदको नाम प्रस्ताव, ४८ महिला र ९ पुरुष समेटिए

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १३:४५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका ५७ जना सांसदको नामावली टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम प्रस्ताव गरी निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले समावेशी सिद्धान्तका आधारमा विभिन्न क्लस्टरबाट नामहरू छनोट गरिएको बताए। उनका अनुसार खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ।

पार्टीले कुन क्लस्टरबाट को-को व्यक्ति परेका छन् भन्ने विस्तृत विवरण भने अहिले सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले यी नामावलीको कानुनी प्रक्रिया रुजु गरी स्वीकृत गरेपछि मात्र आधिकारिक रूपमा नामहरू सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.