किशोरीलाई झड्का, मात्रिकाको सांसद पद यथावत

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १८:४०

काठमाडौं । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन परिणामसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले तत्काल हस्तक्षेप गर्न आवश्यक नरहेको ठहर गरेको छ ।

अदालतको यस आदेशसँगै उक्त क्षेत्रबाट निर्वाचित भएका मात्रिकाप्रसाद यादवको सांसद पद हालका लागि यथावत रहने भएको छ । उक्त निर्वाचनमा उम्मेदवार रहेका किशोरी साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका उनले आयोगको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरिदिन सर्वोच्च अदालतसँग माग गरेका थिए । तर, सर्वोच्च अदालतले निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै त्यस्तो आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले दिएको आदेशमा अहिलेका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने उल्लेख गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि धनुषा क्षेत्र नम्बर १ को निर्वाचन परिणाममा परिवर्तन भएको थियो ।

त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले उक्त क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मात्रिकाप्रसाद यादव निर्वाचित भएको घोषणा गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अहिलेका लागि त्यही निर्णय कायम रहने भएको छ । मात्रिकाको सांसद पद यथावत रहने भएको हो ।

रिट निवेदक साहले भने आयोगको निर्णय गैरकानुनी भएको जिकिर गर्दै आफूलाई उम्मेदवार बन्नबाट अन्यायपूर्ण रूपमा वञ्चित गरिएको दाबी गरेका थिए । आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने माग राखेका उनलाई सर्वोच्चको आदेशबाट झट्का लागेको छ ।

सर्वोच्च अदालतले भने अहिलेको अवस्थालाई विचार गर्दा तत्काल अन्तरिम आदेश दिनुपर्ने आवश्यकता नदेखिएको उल्लेख गर्दै मुख्य मुद्दाको सुनुवाइ भने आगामी प्रक्रियाअनुसार अगाडि बढ्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.