रतुवामाईमा ७४७ मिटर लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

Share this
698shares
मुलुकी खबर
रबिन्द्र बराल
clock२०८२ चैत २, सोमबार १३:११

मोरङ। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ स्थित मिर्चाडाँगी गाउँलाई जोड्ने रतुवा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार, सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागद्वारा निर्मित ‘मिर्चडाँगी महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ को निर्माण कार्य लक्ष्यभन्दा निकै अगाडि नै सम्पन्न हुन लागेपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ।

कुल ७ सय ४७ मिटर लम्बाइ रहेको यो पुल निर्माणका लागि थानी निर्माण सेवा प्राईभेट लिमिटेड, काठमाडौंले भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँमा ठेक्का पाएको थियो। २०८२ असार ११ गते भएको ठेक्का सम्झौता अनुसार काम सम्पन्न गर्न २०८४ असार १० गतेसम्मको २४ महिनाको समय दिइएको थियो।

तर, निर्माण कम्पनीले तीव्र गतिमा काम गर्दै समय सीमाभन्दा १४ महिना अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण व्यवसायी लोकबहादुर बस्नेतका अनुसार आगामी वैशाखको दोस्रो साताभित्रै सम्पूर्ण काम सकेर पुल सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ।

नेपाल–भारत सीमा नजिकै पर्ने र ‘श्रीलङ्काको टापु’ का रूपमा प्रचलित मिर्चाडाँगीका बासिन्दाले बर्सेनि रतुवा खोलाको बाढीका कारण ज्यान जोखिममा पारेर आवतजावत गर्दै आएका थिए। पुल सञ्चालनमा आएपछि निकै लाभ हुने स्थानीय चन्दन सिंहले बताए।

अर्का स्थानीय हारिना देवी गनगाईले पुल नहुँदा रातिको समयमा कोही बिरामी परेमा भारतीय भूमि हुँदै अस्पताल लैजानुपर्ने बाध्यता अब हट्ने विश्वास व्यक्त गरिन्। पुल अभावकै कारण स्थानीयले उत्पादन गरेका सागसब्जी झापाको गौरीगञ्ज र मोरङका बजारसम्म पुर्‍याउन निकै सास्ती भोग्नुपरेको थियो।

पुलले यो समस्या सदाका लागि अन्त्य गर्ने भए पनि खोलामा तटबन्ध नहुँदा गाउँ नै जोखिममा पर्ने र सडकको पहुँच अझै पुग्न नसकेको स्थानीय सञ्जय सिंहको गुनासो छ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.