हुलाकी सडकको बेवास्ता: मुख्य बजार क्षेत्रमा निर्माण कार्य अधुरै

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १३:१३

मोरङ। मोरङको हुलाकी सडक खण्ड अन्तर्गत रतुवामाई नगरपालिकाको आमबाडी र सुनवर्षी नगरपालिकाको डायनिया मुख्य बजार क्षेत्रमा सडक निर्माण कार्य अधुरै छाडिएको छ।

नाला र पेटीको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि सडकको मुख्य भागमा कालोपत्रे  नगरिँदा बजार क्षेत्र कुरुप बन्नुका साथै आवतजावतमा समस्या भएको छ।

सडक विभागले बजार क्षेत्रका दुवैतर्फ नाला र पेटी निर्माण गरे पनि बीचको ६ मिटर चौडाइमा पिच नगरी अलपत्र छाडेको हो। सडक अलपत्र परेपछि स्थानीयले उक्त खाली ठाउँलाई घरमा प्रयोग हुने ढुङ्गा, गिट्टी र दाउरा राख्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन्।

बजारको मुख्य भागमै सडक निर्माणले पूर्णता नपाउँदा धुलो र हिलोको समस्या त छ नै, यसले दुर्घटनाको जोखिम समेत बढाएको छ।

विकास निर्माणका काममा समन्वय र अनुगमन गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूले यति गम्भीर विषयमा चासो नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

नगरपालिका प्रमुख तथा वडा प्रतिनिधिहरूले आफ्नै नगरभित्रको मुख्य बजारमा सडक अलपत्र पर्दा समेत निर्माण कम्पनी वा सम्बन्धित निकायलाई दबाब दिन नसक्नु गैरजिम्मेवारीपन भएको स्थानीयको बुझाइ छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकको यस्तो अवस्थाले सुशासन र विकासको नारालाई नै गिज्याइरहेको छ। यस विषयमा सम्बन्धित निकाय र जनप्रतिनिधिको समयमै ध्यान जानु जरुरी देखिन्छ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.