इनिशा विकको हत्या विरुद्ध झापामा प्रदर्शन

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १३:१७

झापा। सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै झापाको काँकरभिट्टामा सोमबार विरोध प्रदर्शन गरिएको छ। प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पीडित परिवारलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरे।

काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट सुरु भएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो। र्‍यालीमा मेचीनगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो। सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’ र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मीद्वय राधा प्रधान र पूजा सापकोटा तथा मानवअधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय दिन माग गरे। वक्ताहरूले समाजमा बढ्दै गएका यस्ता जघन्य अपराधका घटनाले असुरक्षा बढाएको भन्दै सुरक्षा निकाय र सरकारलाई गम्भीर हुन आग्रह गरे।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.