इनिशा विक हत्या : मोरङका अधिकारकर्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १५:४१

विराटनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दलित समुदायकी किशोरी इनिशा विकको सामूहिक बलात्कारपछि भएको हत्याको विरोधमा मोरङका मानव अधिकारकर्मी र विभिन्न संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

दलित महिला संघ मोरङको अगुवाइमा विभिन्न अधिकारवादी संस्थाहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।

फागुन २३ गते वीरेन्द्रनगर-४ स्थित सहिद पार्क नजिकैको सामुदायिक वन क्षेत्रमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको उक्त जघन्य अपराधले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको ज्ञापनपत्रमा उल्लेख छ। अधिकारकर्मीहरूले यस घटनाले समाजमा व्याप्त लैंगिक हिंसा, जातीय विभेद र असुरक्षाको अवस्थालाई पुनः उजागर गरेको बताए। उनीहरूले यस्ता घटनाले कानुनी शासन र सामाजिक न्यायमाथि नै गम्भीर चुनौती खडा गरेको उल्लेख गरे।

ज्ञापनपत्रमार्फत उनीहरूले घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी संलग्न दोषीहरूलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। त्यसैगरी पीडित परिवारलाई उचित क्षतिपूर्ति, न्याय र सुरक्षाको व्यवस्था गर्न तथा महिलामाथि हुने यस्ता जघन्य अपराध रोक्न प्रभावकारी सुरक्षा व्यवस्था र कानुनी कार्यान्वयनलाई सुदृढ बनाउन सरकारसँग माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा दलित महिला संघ मोरङकी अध्यक्ष शार्मिला परियार, ग्यास महासंघ मोरङका अध्यक्ष विष्णु शर्मा, ओरेककी नविना श्रेष्ठ, आमा फाउन्डेसनकी सीता लुइँटेल र पहिचान संस्थाका संयोजक रञ्जीता सुवेदी लगायतको उपस्थिति थियो।

त्यसैगरी मानव अधिकार सञ्जालका संयोजक बासु अधिकारी, माइती नेपालका संयोजक विनोद पोखरेल र एबीसी नेपालकी गीताञ्जली शर्मा लगायत १६ जना विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।

अधिकारकर्मीहरूले दलित महिला तथा किशोरीहरूको सुरक्षा, सम्मान र मानव अधिकार सुनिश्चित गर्न विशेष कार्यक्रम तथा नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराए।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.