सांसदहरूको शपथ र बैठक सिंहदरबारकै बहुउद्देश्यीय हलमा हुने

Share this
615shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १४:५०

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारस्थित पुतली बगैँचामा निर्मित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएका छन्। नयाँ भवनको मुख्य हल निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हललाई वैकल्पिक व्यवस्थाका रूपमा तयार पारेको हो।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले मुख्य हल तत्काल तयार हुने अवस्था नदेखिएकाले सचिवालयको प्रयोजनका लागि बनाइएको बहुउद्देश्यीय हल प्रयोग गर्न लागिएको जानकारी दिए। उनका अनुसार उक्त हल आगामी ३ दिनभित्र पूर्ण रूपमा तयार भइसक्नेछ। मुख्य बैठक हल निर्माण कार्य कहिले सकिन्छ भन्नेबारे भने अझै यकिन भइसकेको छैन।

गत फागुन २१ गते भएको निर्वाचनबाट नयाँ सांसदहरू चुनिएर आएका छन्। निर्वाचित सांसदहरूको शपथ ग्रहणको मिति र पहिलो बैठक बस्ने समय भने अझै तय हुन बाँकी रहेको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.