रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन: महान्यायाधिवक्ता विरुद्धको रिटमा सुनुवाइ सकियो

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १७:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित देशभरका विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा आइतबारदेखि सुरु भएको बहस मंगलबार सकिएको हो ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमनकुमार श्रेष्ठ, दीपेन्द्र झा र नारायणदत्त कँडेल लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी लगायतले जवाफी बहस गर्दै महान्यायाधिवक्ताले आफ्नो कानुनी अधिकार दुरुपयोग गरेको तर्क गरे । रिट जारी हुनुपर्ने उनीहरूको माग थियो । सबै पक्षको बहस सकिएपछि न्यायाधीशहरू आदेश लेख्ने छलफलमा जुटेका छन् ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ सदर गर्दै लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।

महान्यायाधिवक्ताको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन । यता, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.