हावाहुरीले छाना उडाएपछि समस्यामा सशस्त्र प्रहरी

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार ०७:३७
फायल फोटो ।

भोजपुर । तीव्र गतिको हावाहुरीले भोजपुर नगरपालिका–१२ कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाइदिएको छ ।

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरी समस्यामा परेको छ । सुरक्षाकर्मीलाई बसोबासमा समस्या भइरहेको छ । गुल्म प्रमुख एवं सशस्त्रका डीएसपी दिव्यराज कोइरालाका अनुसार हावाहुरीसँगै वर्षात हुने भएकाले ब्यारेकमा रहेका सुरक्षाकर्मीलाई सुरक्षित बस्ने व्यवस्था मिलाउन गाह्रो भइरहेको छ ।

‘हामीले क्षतिको आकलन गर्दैछौं । अस्थायी उपायबाट कर्मचारीलाई राख्ने व्यवस्था गरिरहेका छौं,’ उनले भने । भोजपुरमा हावाहुरीले सशस्त्र प्रहरीको ब्यारेकसहित भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ ।

भोजपुर प्रहरीका प्रमुख डीएसपी राजु लामाका अनुसार सोमबार रातिको हावाहुरीले विभिन्न ठाउँमा क्षति गरेको छ । घरका छाना, विद्यालयका भवन, स्वास्थ्य संस्था, रेडियो र नेपाल टेलिकमको टावरहरूमा समेतमा क्षति पुगेको उनले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले भने, ‘भौतिक संरचनामा परेको क्षतिको विवरण संकलन भइसकेपछि राहतको व्यवस्थापनका बारेमा छलफल गरिनेछ । स्थानीय तहहरू पनि राहत र क्षतिको विवरण संकलनमा जुटेका छन् ।’

स्थानीय र सुरक्षाकर्मीहरूले अस्थायी आवास र सुरक्षा सुनिश्चित गर्ने उपाय तत्काल आवश्यक रहेको बताएका छन् । मौसमविद्हरूले आगामी दिनमा पनि मौसममा अनिश्चितता रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.