धनकुटामा अवरुद्ध सडक ६ दिनपछि खुल्यो, जोखिम भने कायमै

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १२:४१

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाअन्तर्गत नाम्जे क्षेत्रमा पर्ने भेडेटार–थुम्की–लबडाँडा सडकखण्ड ६ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

भेडेटार–रवि–राँके निर्माणाधीन खण्डअन्तर्गतको उक्त सडक गत फागुन २९ गते बिहान माथिबाट खसेको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको थियो । पहिरोसँगै लगातारको वर्षाले अवस्था झन् जटिल बनाउँदा सडक खुलाउन ठूलो संघर्ष गर्नु पर्यो ।

सडकमा थुप्रिएको माटो हटाउन प्राविधिक तथा उपकरणीय चुनौती देखिँदा आवागमन लामो समय प्रभावित बन्यो । यात्रुहरू लामो समयसम्म अलपत्र परेका थिए भने वैकल्पिक मार्गसमेत प्रभावकारी हुन सकेको थिएन ।

निर्माण कम्पनी एपीसीओ इन्फ्राटेक प्रा.लि र सुरक्षाकर्मीको संयुक्त प्रयासमा अवरोध हटाएर सडक सञ्चालनमा ल्याइएको हो । निरन्तरको प्रयासपछि पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याउन सकिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्स्पेक्टर महेश भट्टराईले बताए ।

सडकमा अझै जोखिम रहेका कारण यात्रा गर्ने यात्रु र सवारी चालकले विशेष ध्यान पुर्याउन आवश्यक रहेको उनले उल्लेख गरे । ‘सम्भावित पहिरोले सडक जोखिमपूर्ण रहेका कारण सचेत हुन सबैलाई आग्रह गरिरहेका छौं । सडक सञ्चालनमा ल्याइसकिएकाले सावधानीपूर्वक यात्रा गर्ने अवस्था भने बनेको छ,’ इन्स्पेक्टर भट्टराईले भने ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले सडक खुलेसँगै सवारी आवतजावत सहज भए पनि जोखिम भने कायमै रहेको जानकारी दिए । ‘जोखिम पूर्ण रूपमा हटेको छैन । अझै सुख्खा पहिरो खस्ने सम्भावना रहेकाले यात्रा गर्ने सबैले उच्च सतर्कता र सावधानी अपनाउन आवश्यक छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.