झापा गाउँपालिकाको एउटा घरमा आगलागी

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १९:१२
प्रतीकात्मक तस्बिर

झापा । झापा गाउँपालिकाको एउटा घरमा बुधबार अपरान्ह आगलागी भएको छ । गाउँपालिका–५ सिमलडाँगीका मुस्ताफा अलीको टाटीबेरा लगाएको र टिनको छानो भएको एक तले घरमा अपरान्ह ४ः१० बजेतिर आगलागी भएको हो ।

प्रहरीका अनुसार आगोले अलीको घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, डेढ तोला सुन, ३० तोला चाँदी, फ्रिज, टेलिभिजन, नगद ८० हजार रूपैयाँ, मे ५ प २१८६ नम्बरको मोटरसाइकल, गाईगोठलगायत जलेर ध्वस्त भएको छ । घटनामा २० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.