देशभर वर्षा र हिमपातको सम्भावना

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार ०७:०३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा बदली देखिएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा पनि यस्तै प्रकारको मौसम रहने प्रक्षेपण गरिएको छ ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रही केही स्थानमा वर्षासँगै असिना पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.