समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिँदै

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार ०७:१०

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन भएका ११० जना सांसदलाई आज (बिहीबार) औपचारिक रूपमा विजयी प्रमाणपत्र प्रदान गर्दैछ ।

आयोगका अनुसार बिहान ११ बजे आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत सबै समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिनेछ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

उनका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको नामावलीमा यसअघि नै अन्तिम रूप दिइसकिएको छ । प्रमाणपत्र वितरणसँगै उनीहरूको संसदीय हैसियत सुनिश्चित हुनेछ ।

नेपालको संविधानअनुसार प्रतिनिधिसभामा कुल २७५ सदस्य रहने व्यवस्था छ । जसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचित हुने र बाँकी ११० जना समानुपातिक प्रणालीमार्फत चयन गरिने प्रावधान छ । सोही व्यवस्थाअनुसार यसपटक विभिन्न राजनीतिक दलहरूले प्राप्त मत प्रतिशतका आधारमा समानुपातिक सांसदको चयन गरिएको हो ।

आयोगले प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएपछि राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीसमेत गरेको छ । आयोगले साँझ ५ः३० बजेतिर पत्रकार सम्मेलन आयोजना गरी सम्पूर्ण निर्वाचन प्रक्रियाका बारेमा विस्तृत जानकारी दिने भएको छ ।

समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम तथा पिछडिएका क्षेत्रका समुदायलाई प्राथमिकतामा राख्ने संवैधानिक व्यवस्था रहेको छ । समानुपातिक सांसदलाई प्रमाणपत्र वितरणसँगै नयाँ प्रतिनिधिसभा गठनको प्रक्रिया थप अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.