रवि लामिछानेको मुद्दामा संशोधित निर्णय झिकाउने आदेश, सुनुवाइ लम्बिने संकेत

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १७:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा महान्यायाधिवक्ताबाट गरिएको संशोधित निर्णय झिकाएर पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चको आदेशसँगै मुद्दाको सुनुवाइ प्रक्रिया थप केही दिन लम्बिने देखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले महान्यायाधिवक्ताले गरेको दुई फरक मितिको निर्णयमध्ये पछिल्लो निर्णय अदालतमा पेस नभएको देखिएपछि उक्त निर्णय अनिवार्य रूपमा झिकाउन बिहीबार आदेश दिएको हो ।

इजलासले विशेषतः माघ २ गते गरिएको संशोधित निर्णयसमेत पेस गर्न निर्देशन दिएको छ । यसअघि पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । त्यसको दुई दिनपछि, माघ २ गते लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन गर्ने निर्णय गरिएको थियो ।

लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । सर्वोच्चमा प्रारम्भिक रूपमा पुस ३० गतेको निर्णय मात्रै पेस भएको पाइएपछि इजलासले थप स्पष्टता खोज्दै पछिल्लो निर्णयसमेत मगाएको हो ।

अदालतको आदेशसँगै अब यो मुद्दाको सुनुवाइ तत्काल अघि नबढ्ने संकेत देखिएको छ । इजलासले उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशहरूबाहेक अन्य न्यायाधीशको इजलासमा अर्को सुनुवाइका लागि चैत ९ गतेलाई पेसी तोक्न पनि निर्देशन दिएको छ । जसले सुनुवाइ प्रक्रियामा थप समय लाग्ने अवस्था सिर्जना गरेको छ ।

सर्वोच्चको पछिल्लो आदेशले रवि लामिछानेसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अझ जटिल बन्दै गएको । अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.