एभरेस्ट स्कुलका कक्षा १ उत्तीर्ण विद्यार्थीलाई गरियो दीक्षित

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १७, मंगलबार २१:०३
एभरेस्ट स्कुलका कक्षा १ उत्तीर्ण विद्यार्थीलाई गरियो दीक्षित

विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलबाट कक्षा १ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको छ ।

दीक्षान्त समारोहमा विद्यार्थीहरूलाई स्कुलका प्रिन्सिपल टीकाराम पुरी, भाइस प्रिन्सिपल द्वय टीएन भण्डारी र कुन्दन पुरीले प्रमाणपत्र प्रदान गर्दै दीक्षित गराएका हुन् । दीक्षित विद्यार्थीलाई प्राथमिक तह हुँदै उच्च शिक्षा सफलताको कामना गरिएको छ ।

Advertisement

कार्यक्रममा कक्षा १ का विद्यार्थी आरोन घिमिरे, कास्भी झा, शब्दित दाहाल, आरोही यादवले आआफ्नो सेक्सनको प्रतिनिधित्व गर्दै विद्यालय तथा शिक्षक शिक्षिकालाई धन्यवाद ज्ञापन गरे ।

यस्तै, विद्यालयका प्रिन्सिपल पुरीले एभरेस्ट स्कुलका हरेक विद्यार्थी सबै क्षेत्रमा अब्बल हुनुपर्ने मान्यता राखिएको भन्दै त्यसका लागि विद्यालयका तर्फबाट अधिकतम प्रयत्न गरिएको बताए । स्कुलले विश्व स्तरीय शिक्षा दिनका लागि सोही अनुसारका विभिन्न संस्थासँगको सहकार्य गरेको स्मरण गराउँदै, उनले स्कुलका विद्यार्थी विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने व्यक्ति बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले जति प्रयत्न गरेका छौँ, अभिभावकले त्यही विश्वास र वातावरण दिनुभएको छ, हाम्रा विद्यार्थी विश्व स्तरीय शिक्षाका साथ अघि बढिरहेका छन् ।’

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×