वरिष्ठ क्यान्सर रोग विशेषज्ञको निधन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १०:२४

काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रकाशराज न्यौपानेको शुक्रबार बिहान निधन भएको छ । पित्तनलीमा हुने क्यान्सरबाट पीडित उनको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नेपाल सर्जिकल अन्कोलोजिस्टका अध्यक्ष समेत रहेका डा. न्यौपानेले लामो समयदेखि सरकारी तथा निजी अस्पतालमा क्यान्सर रोगीहरूको उपचारमा योगदान दिँदै आएका थिए । उनी भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष र भक्तपुर क्यान्सर अस्पतालको निर्देशकसमेत भइसकेका थिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले उनको निधनले क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । उनको निधनपछि चिकित्सा क्षेत्र शोकमा डुबेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.