चीनलाई ट्रम्पको कडा चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार ०९:४१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कडा चेतावनी दिएका छन् । इरानलाई हतियार वा हवाई रक्षा प्रणाली पठाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी उनले चीनलाई दिएका हुन् ।

चीनले इरानलाई हतियार पठाउने तयारी गरिरहेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । ह्वाइट हाउसबाट मियामी प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले चीनले यस्तो कदम चाल्यो भने ठूलो समस्याको सामना गर्नुपर्ने स्पष्ट पारे ।

Advertisement

रोयटर्सका अनुसार ट्रम्पले पत्रकारहरूसँग भने, ‘यदि चीनले इरानलाई हतियार पठाउँछ भने उसले गम्भीर परिणाम भोग्नुपर्नेछ ।’ अमेरिकी सञ्चारमाध्यम सीएनएनको एक रिपोर्टमा इरानले आगामी हप्ताहरूमा चीनबाट नयाँ हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने दाबी गरिएको थियो ।

यसै रिपोर्टको सन्दर्भमा ट्रम्पको चेतावनी आएको हो । पछिल्ला महिनाहरूमा मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिका, चीन र इरानबीचको कूटनीतिक सम्बन्ध थप संवेदनशील बन्दै गएको विश्लेषण पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.