सम्राटको शपथ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार ११:४८

एजेन्सी । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा सम्राट चौधरीले मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनले पटनास्थित लोक भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि मुख्यमन्त्री रहेका नितिश कुमारले मंगलबार पदबाट राजीनामा दिएपछि सत्ता गठबन्धनको समर्थनमा भारतीय जनता पार्टीका नेता चौधरी पहिलोपटक मुख्यमन्त्री बनेका हुन् । उनले हालै राज्यसभा सदस्यको रूपमा पनि शपथ लिएका थिए ।

Advertisement

चौधरीको नेतृत्वमा बिहारको नयाँ सरकार गठन भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.