डुंगा दुर्घटनामा २५० जना बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार ११:५५

एजेन्सी । संयुक्त राष्ट्र संघअन्तर्गतको शरणार्थी तथा प्रवासनसम्बन्धी एजेन्सीका अनुसार बंगलादेशबाट मलेसिया जाँदै गरेको एक डुंगा अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रोहिङ्ग्या शरणार्थी र बंगलादेशी नागरिकहरू रहेका छन् ।

बीबीसीले जनाएअनुसार माछा मार्न प्रयोग हुने उक्त डुंगा क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको थियो । तीव्र हावा, खराब मौसम र समुद्री अवस्थाका कारण डुंगा डुबेको प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

बंगलादेश कोस्ट गार्ड ले ९ अप्रिलमा नौ जनाको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये ४० वर्षीय रफिकुल इस्लामले झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिएर ज्यान जोगाएको बताएका छन् ।

रोहिङ्ग्या समुदाय म्यानमारको अल्पसंख्यक समूह हो । जसले २०१७ पछि भएको हिंसात्मक दमनका कारण बंगलादेशमा शरण लिएका थिए । रोजगारी र सुरक्षित जीवनको खोजीमा उनीहरू जोखिमपूर्ण समुद्री मार्ग हुँदै मलेसिया पुग्ने प्रयास गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.