भारतमा राज्यस्तरीय निर्वाचन सुरु: पश्चिम बंगाल र तमिल नाडुमा आज मतदान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार ०९:४७

कोलकाता । भारतमा बिहीबारदेखि महत्त्वपूर्ण मानिएका राज्यस्तरीय निर्वाचनका लागि मतदान सुरु भएको छ। विशेषगरी पश्चिम बंगाल र तमिल नाडुमा भइरहेको यो प्रतिस्पर्धालाई भारतीय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

पश्चिम बंगालमा पहिलो चरण अन्तर्गत १६ जिल्लाका १५२ सिटका लागि आज मतदान भइरहेको छ। यस चरणमा १ हजार ४ सय ७८ उम्मेदवार चुनावी मैदानमा छन्। मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस (टीएमसी) लगातार चौथो कार्यकालका लागि प्रयासरत छ भने भारतीय जनता पार्टी (भाजपा) पहिलोपटक सत्ता कब्जा गर्ने दाउमा छ। पश्चिम बंगालमा दोस्रो चरणको मतदान आगामी अप्रिल २९ मा हुनेछ।

Advertisement

त्यसैगरी, तमिल नाडुका सबै २३४ सिटका लागि आज एकै चरणमा मतदान भइरहेको छ। यहाँ मुख्य प्रतिस्पर्धा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको डीएमके र विपक्षी एआईएडीएमकेबीच देखिएको छ। यसपटक तमिल सुपरस्टार विजयको नयाँ पार्टी ‘तमिलगा वेत्री कझगम’ (टीभीके) को प्रवेशले निर्वाचनलाई थप रोचक बनाएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम बंगालमा मतदाता सूची परिमार्जनलाई लिएर ठूलो विवाद उत्पन्न भएको छ। विशेष सघन परिमार्जन (एसआईआर) पछि करिब ९१ लाख मतदाताको नाम सूचीबाट हटाइएको छ, जुन राज्यको कुल मतदाताको करिब १२ प्रतिशत हो। निर्वाचन आयोगले डुप्लिकेट, मृतक र बसाइँ सरेकाहरूको नाम हटाइएको दाबी गरे पनि टीएमसीले यसलाई लक्षित गरी गरिएको कदम भन्दै विरोध जनाएको छ। केरला, आसाम र पुडुचेरीमा भने यसअघि नै मतदान भइसकेको छ। सबै राज्यको मतगणना मे ४ मा हुनेछ।

तपाइको प्रतिक्रिया
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
सरकारी सफ्टवेयर अध्ययनका लागि विवेक मिश्रको संयोजकत्वमा कार्यदल गठन
चैतमा विपद्का ९ सय घटना, ३० जनाको मृत्यु
इलाममा ध्वनि प्रदूषण गर्ने ८ मोटरसाइकल नियन्त्रणमा
विद्यार्थी संगठन खारेजीको विरोधमा विद्यार्थी सडकमा
इजरायल र लेबनानबीच दोस्रो चरणको शान्ति वार्ता आज, युद्धविराम लम्बिने सम्भावना
महान्यायाधिवक्ता कँडेलको योग्यता सम्बन्धी रिटमा आज सुनुवाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.