अमेरिका- इरान युद्धविरामकाे समय विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १२, शनिबार ०६:४६

काठमाडौं । इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गरेका छन्।

महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान सिर्जना गर्ने बताएका छन्।

Advertisement

उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.