मालीमा एकैसाथ आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार ०९:५२

एजेन्सी । पश्चिम अफ्रिकी देश मालीको राजधानी बामाकोसहित विभिन्न स्थानमा शनिबार बिहान एकैसाथ आक्रमण भएको छ ।

सैन्य शासन चलिरहेको उक्त देशमा ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र संवेदनशील क्षेत्रहरूलाई निशाना बनाएको सेना स्रोतले जनाएको छ । स्थानीय समयअनुसार बिहान करिब ६ बज्नुअघि प्रमुख सैन्य आधार ‘काटी’ नजिकै दुईवटा शक्तिशाली विस्फोटसँगै निरन्तर गोलाबारीको आवाज सुनिएको थियो ।

Advertisement

उक्त आधार सैन्य शासक आसिमी गोइटा को निवास नजिकै पर्छ । घटनाको समयमा गोइटा कहाँ थिए भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन ।

स्थानीयका अनुसार रक्षामन्त्री सादियो कमाराको घरसमेत आक्रमणको लक्ष्य बनेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको निवासमा केही क्षति पुगेको छ । यद्यपि, घटनाका बेला उनी घरमा नरहेको र सुरक्षित रहेको जनाइएको छ ।

यसैबीच, बामाको अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा पनि भारी हतियार र स्वचालित राइफलको आवाज सुनिएको बताइएको छ । सुरक्षा निकायले आक्रमणबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.