इरानद्वारा अमेरिकासमक्ष नयाँ प्रस्ताव : होर्मुज क्षेत्र खुला गर्ने र युद्ध अन्त्यको योजना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १२:२९

तेहरान । इरानले अमेरिकासमक्ष द्वन्द्व अन्त्य र समुद्री मार्ग खुला गर्ने विषय समेटिएको नयाँ प्रस्ताव प्रस्तुत गरेको छ। एक्सियोसको रिपोर्टअनुसार इरानले पाकिस्तानमार्फत मध्यस्थताका लागि यो प्रस्ताव पठाएको हो।

प्रस्तावमा तत्काल जारी युद्ध अन्त्य गर्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजबाट जहाजहरूको आवागमन पुनः सुरु गर्ने उल्लेख गरिएको छ। यसैगरी आणविक वार्ताको विषयलाई भने हालका लागि थाँती राख्दै पछि सार्ने सुझाव इरानले दिएको छ।

Advertisement

अमेरिकी अधिकारी र सम्बद्ध स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएको यस रिपोर्टले इरानको यो कदमलाई क्षेत्रमा बढ्दो तनाव कम गर्ने प्रयासका रूपमा लिएको छ। यद्यपि यस प्रस्तावबारे इरान र अमेरिका दुवै पक्षले आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.