विद्यार्थीको प्रदर्शन

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १४:५१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विद्यार्थी संगठनहरूले सरकारको विद्यार्थी युनियन खारेज गर्ने तयारीविरुद्ध मंगलबार विरोध प्रदर्शन गरेका छन् ।

शासकीय सुधारसम्बन्धी प्रस्तावमा विद्यार्थी संगठन खारेज गर्ने बुँदा समावेश भएको भन्दै विभिन्न विद्यार्थी समूहहरूले संयुक्त रूपमा मार्चपाससहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी विद्यार्थीहरूले विश्वविद्यालय परिसरमा प्लेकार्ड र नारासहित सरकारको कदमको विरोध गरेका थिए ।

उनीहरूले ‘स्ववियु खारेज गर्न पाइँदैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘शिक्षा विधेयक तत्काल ल्याऊ’, ‘विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ’ जस्ता नारा लगाएका थिए । विद्यार्थीहरूले बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, शैक्षिक संस्थालाई व्यवसायीकरण गर्ने प्रवृत्ति रोक्नुपर्ने, मेरिटोक्रेसी लागू गर्नुपर्ने र विद्यार्थीलाई उपलब्ध यातायात भाडा छुट कायम राख्नुपर्ने माग पनि अघि सारेका छन् ।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष मदन ढकालले विद्यार्थी युनियन खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए । उनले सरकार मागप्रति गम्भीर नभए अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

साथै, उनले विद्यार्थी संगठनहरूले आगामी दिनमा देशभरका क्याम्पसहरूमा विरोध कार्यक्रम विस्तार गर्ने बताएका छन् । विद्यार्थीले ऐतिहासिक रूपमा परिवर्तनका आन्दोलनमा भूमिका खेलेको संगठनलाई कमजोर पार्ने प्रयासले शैक्षिक वातावरणमै नकारात्मक असर पार्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×