इजरायली सेनाद्वारा २२ डुंगा नियन्त्रणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०८:१३

एजेन्सी । इजरायली सेनाले गाजातर्फ राहत सामग्री लिएर गइरहेका डुंगाहरु अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोकेर नियन्त्रणमा लिएको छ ।

क्रेट टापु नजिकको समुद्री क्षेत्रबाट २२ वटा डुंगा नियन्त्रणमा लिइएको हो । करिब १७५ जना अभियन्तालाई हिरासतमा लिइएको इजरायली विदेश मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइन समर्थक अभियानकर्ताहरूले यस कदमलाई गैरकानुनी भन्दै निन्दा गर्दै घटनालाई समुद्री डकैतीको संज्ञा दिएका छन् । उनीहरूका अनुसार अभियानको उद्देश्य गाजामा लामो समयदेखि जारी नाकाबन्दी तोड्दै मानवीय सहायता पुर्‍याउनु हो ।

अभियानका आयोजकहरूले बाँकी रहेका डुंगाहरु अझै पनि क्रेट टापुको दक्षिणी समुद्री क्षेत्रमा रहेको बताएका छन् । यो अभियान स्पेन, फ्रान्स र इटालीबाट करिब दुई साताअघि सुरु भएको थियो । जसमा सुरुमा ५८ वटा जहाज सहभागी थिए ।

इजरायली पक्षले भने यस अभियानलाई राजनीतिक प्रचारको प्रयास भन्दै टिप्पणी गरेको छ । विदेश मन्त्रालयका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई ग्रीसको तटीय क्षेत्रमा लैजाने तयारी भइरहेको छ । घटनाले अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.