सीमा विवादको असर : भारतीय विदेश सचिवको नेपाल भ्रमण अन्योलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १८:०८

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसराेवरकाे यात्रा खुला गरेपछि सीमा विवाद पुन बल्झिएकाे छ । जसले गर्दा भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्योलमा परेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपाल र भारतबिच  सीमा विवाद पुरानाे हाे । तर, भारतले चीनसँगकाे सहमतिमा कैलाश मानसराेवर यात्रा खुला गरेपछि दुई देशबिच कूटनीतिक तिक्तता बढेको हो ।

Advertisement

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार उक्त क्षेत्र आफ्नो भएको भन्दै दुवै देशलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले   नेपालको दाबीलाई अस्वीकार गर्दै लिपुलेक नाका ऐतिहासिक तथ्यका आधारमा आफ्नै रहेको बताएकाे छ ।

यही विवादका कारण वैशाख २८ गतेका लागि हुने भनिएकाे विदेश सचिव मिस्रीको भ्रमण अन्याेलमा  परेको हो । यसअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको भेटवार्ता सुनिश्चित नहुँदा भ्रमण अन्योलमा थियो भने अहिले सीमा विवादले झन् अन्याेल बढेकाे हाे ।

विदेश सचिवको भ्रमण अन्योलमा परे तापनि परराष्ट्रमन्त्री शिशिर खनाल भने ब्रिक्स परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा  छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.