सस्तियो तेल, सेयरमा सुधार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १२:१९

एजेन्सी । मध्यपूर्वमा जारी तनाव कम हुँदै गएको संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । तेलको मूल्यमा आएको गिरावटसँगै अमेरिकी सेयर बजारमा पनि उल्लेख्य सुधार देखिएको छ ।

अमेरिका र इरानबीच युद्ध रोक्ने विषयमा सकारात्मक प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि तेल सस्तिएको र लगानीकर्ताको मनोबल बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसको प्रभाव अमेरिकी पुँजी बजारमा प्रत्यक्ष देखिएको छ ।

Advertisement

अमेरिकी औद्योगिक सेयर सूचक डाउ जोन्स ६ सय १२ अंकभन्दा बढीले बढेको छ भने प्रविधि कम्पनीहरू समेटिएको नास्डाक सूचक पनि उच्च अंकले उकालो लागेको छ । प्रविधि कम्पनीहरूको राम्रो वित्तीय प्रतिवेदनले समेत बजारलाई थप बल दिएको विश्लेषण गरिएको छ ।

विशेषगरी चिप निर्माता र प्रविधिसम्बन्धी कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । स्वास्थ्य, सवारी सेवा र मनोरञ्जन क्षेत्रका कम्पनीहरूको सेयर पनि बढेका छन् ।

तर, तेलको मूल्य घटेपछि ऊर्जा क्षेत्रसँग सम्बन्धित केही कम्पनीको सेयरमा भने सामान्य गिरावट देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश अमेरिकी कम्पनीहरूले अपेक्षाभन्दा बढी नाफा कमाएको जनाइएको छ ।

अब लगानीकर्ताको ध्यान अमेरिकामा सार्वजनिक हुने नयाँ रोजगारी तथ्यांकतर्फ केन्द्रित भएको छ । जसले आगामी आर्थिक नीतिमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.