पूर्वमन्त्री महेश जोशी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १२:३२

एजेन्सी । भारतको राजस्थान राज्यका पूर्वमन्त्री महेश जोशी फेरि कानुनी घेरामा परेका छन् । जल जीवन मिसनअन्तर्गत भएको भनिएको अर्बौं रुपैयाँको भ्रष्टाचार प्रकरणमा उनी बिहीबार पक्राउ परेका हुन् ।

भ्रष्टाचार विरोधी ब्यूरो (एसीबी)ले विशेष अनुसन्धान टोलीमार्फत जयपुरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एसीबीका अनुसार करिब ९०० करोड भारतीय रुपैयाँ बराबरको अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।

Advertisement

खानेपानी आयोजना सञ्चालन र ठेक्का व्यवस्थापनमा आर्थिक चलखेल तथा प्रभावको दुरुपयोग भएको आरोपपछि जोशीमाथि निगरानी बढाइएको थियो । बिहीबार बिहानै टोलीले जयपुर रेल–वे स्टेशन नजिक सान कोलोनीस्थित घरबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

यो प्रकरणमा यसअघि पनि उनी अनुसन्धानको दायरामा आएका थिए । अप्रिल २०२५ मा प्रवर्तन निर्देशनालय (ईडी)ले मनी लान्ड्रिङ मुद्दामा उनलाई पक्राउ गरेको थियो । त्यसपछि करिब सात महिना जेल बसेका जोशी डिसेम्बर २०२५ मा सर्वोच्च अदालतबाट जमानत पाएर रिहा भएका थिए ।

राजस्थान राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने जोशी पुनः पक्राउ परेपछि त्यहाँको राजनीतिक वृत्तमा हलचल भएको छ । विपक्षी दलहरूले घटनालाई भ्रष्टाचारको गम्भीर उदाहरण भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.