होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार ११:४१

एजेन्सी । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्ना जहाजमाथि इरानले आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इरानी सैन्य ठेगानामा पुनः बमबारी गरेको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ओमानको खाडीतर्फ गइरहेका अमेरिकी जहाजमाथि इरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत हमला गरेपछि आत्मरक्षाका लागि कारबाही गरिएको हो । अमेरिकाले आफ्नो सैन्य टोलीमाथि खतरा बढेपछि सीमित सैन्य आक्रमण गरिएको दाबी गरेको छ ।

Advertisement

तर, इरानले भने अमेरिका स्वयंले युद्धविराम तोडेको आरोप लगाएको छ । इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एक इरानी तेल ट्यांकरमाथि अमेरिकी आक्रमण भएपछि आफूहरूले जवाफी मिसाइल प्रहार गरेको जनाएको छ । इरानी पक्षले अमेरिकी जहाजहरूलाई ठूलो क्षति पुगेको दाबी पनि गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको बताएका छन् । उनले युद्धविराम अझै कायम रहेको दाबी गर्दै इरानलाई परमाणु हतियार बनाउन नदिइने दोहोर्‍याएका छन् ।

ट्रम्पले सम्झौतामा हस्ताक्षर नभए इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएका छन् । अमेरिका र इरानबीच केही समययता पाकिस्तानमार्फत संवाद अघि बढिरहेको भए पनि पछिल्ला आक्रमणले सम्भावित शान्ति सम्झौता संकटमा परेको विश्लेषण गरिएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिन्छ । त्यहाँ तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 
कम तौलको तेल बेच्ने उद्योग सञ्चालक पक्राउ
प्रधान न्यायाधीश सिफारिसको असर, सर्वोच्चमा पेसी रोकियो
सुनको मूल्य तीन लाखनजिक, चाँदीको पनि बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.